सुरक्षा बराल काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिविरुद्ध विद्यार्थी संगठन आन्दोलित भएका छन् । पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिले जनतामा प्रत्यक्ष मार परेको भन्दै उनीहरुले मुल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । १५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् । मंगलबार
उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुलाई विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् । निगमले बैशाख ३१ र जेठ ८ मा इन्धनमा अत्यधिक मूल्यवृद्धि गरेको हो। इन्धनमा भएको मुल्यवृद्धिका कारण सार्वजनिक यातायात तथा हवाइ भाडा समेत वृद्धि भएको छ ।
