Logo

बुधवार, कार्तिक १९ गते २०८३

images

आफ्ना कमजोरी छोप्न मिडिया तर्साउने प्रयास तत्काल रोकियोस

आफ्ना कमजोरी छोप्न मिडिया तर्साउने प्रयास तत्काल रोकियोस

शुक्रवार, कार्तिक १४ २०८३
शुक्रवार, कार्तिक १४ २०८३
  • काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पाैडेलले  आफ्ना कमजोरी छोप्न मिडिया तर्साउने प्रयास तत्काल राेक्न माग गरेका छन् ।   समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरी पत्रकारहरू गिरफ्तार गर्ने दुष्कार्य सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएकाे उनले बताए । उनले भने, 'सार्वजनिक पदधारण गरेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्ति दुरुपयोगका विषयमा खोजीनीति गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक कर्तव्य हो।

    कुनै समाचार सामग्रीप्रति आपत्ति वा असहमति भए त्यसको परीक्षण र निरूपण गर्ने स्थापित कानुनी बाटाहरू खुला छन्। यस्ता संवैधानिक र कानुनी प्रक्रियालाई लत्याउँदै राज्यशक्तिको दुरुपयोग गरेर पत्रकारहरूलाई हतोत्साहित पार्ने प्रयास विधिको शासनविपरीत छ।

    प्रश्न सोधेकै भरमा कलम चलाउने हातहरूमा हतकडी लगाउने दुस्साहसले सरकार स्वयंलाई निरंकुशताको कठघरामा उभ्याउँछ। त्यसैले आफ्नो स्वेच्छाचारी र गैरकानुनी कदम तत्काल सच्याउन सरकारलाई सचेत गराउन चाहन्छु। पक्राउ गरिएका पत्रकारहरूलाई अविलम्ब ससम्मान रिहा गरियोस्। सञ्चारगृहहरूमाथिको अनावश्यक हस्तक्षेप र निगरानी तुरुन्त बन्द गरियोस् र कानुनी प्रक्रियामार्फत सत्यतथ्य छानबिन होस्।

    हिजोका दिनमा पनि गाडी तेर्स्याएर आतंकित बनाउने प्रयास भएको थियो र सोही अराजक प्रवृत्ति आज राज्यसंयन्त्रबाटै दोहोरिनु झनै लज्जास्पद र अस्वीकार्य छ। '

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend