Logo

बुधवार, कार्तिक १९ गते २०८३

images

सुदुरपश्चिमको कमजोर सुरुवात, लुम्बिनीलाई ८८ रनको सामान्य लक्ष्य

सुदुरपश्चिमको कमजोर सुरुवात, लुम्बिनीलाई ८८ रनको सामान्य लक्ष्य

सोमवार, कार्तिक १० २०८३
सोमवार, कार्तिक १० २०८३
  • काठमाडौं । उद्घाटन खेल अन्तरगत नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले कमजोर प्रद्धर्शन गरेको छ । उसले लुम्बिनी लायन्सलाई  सामान्य ८८ रनको सामान्य लक्ष्य दिएको छ ।
    टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ८७ रनमा समेटियो ।

    जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । त्यस्तै, तल्लो क्रममा ब्याटिङ गरेका अनिल खरेल २६ बलमा १५ रन जोड्दै अविजित  रहे भने ओपनर सैफ जैबले १४ बलमा १३ रन बनाए ।  

    अन्य ब्याट्सम्यानहरूले भने दोहोरो अंकमा रन छुन सकेनन् । विनोद भण्डारी ८ बलमा ९ रन, ईशान पाण्डे ९ बलमा ७ रन, अविनाश बोहरा ९ बलमा ३ रन, ब्रान्डन म्याकमुलेन २ बलमा २ रन र शेरफेन रदरफोर्ड ४ बलमा १ रन बनाएर पेभिलियन फर्किए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend