Logo

बुधवार, कार्तिक १९ गते २०८३

images

आईपीएलः सन्दिप लामिछाने बिकेनन्

आईपीएलः सन्दिप लामिछाने बिकेनन्

बिहिवार, फाल्गुण ६ २०७७
बिहिवार, फाल्गुण ६ २०७७
  • नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनमा अनसोल्ड भएका छन् ।

    चेन्नईमा जारी आईपीएलको अक्सनमा सन्दीप अनसोल्ड भएका हुन् । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीपलाई कुनैपनि टिमले बोलि लगाएनन् ।

    अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको थियो । सन्दीपले यस अघि तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए ।

    तर, दिल्लीले सन्दीपलाई रिलिज गरेको थियो ।

    सन्दीपले दिल्लीबाट तीन सिजनमा कुल ९ खेलमा १३ विकेट लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend