Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images

एनपीएलमा जनकपुरको विजयी सुरुवात

एनपीएलमा जनकपुरको विजयी सुरुवात

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • काठमाडौं । एनपीएलको उद्घाटन खेल जनकपुर बोल्ट्सले जितेको छ । शनिबार त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै जनकपुर बोल्ट्सले सहजरुपमा जित हात पारेको छ । जनकपुरको जितमा श्रीलंकन खेलाडी लाहिरु मिलनाथले नटआउट ७५ रन बनाए । १५ रनको स्कोरमा दुई विकेट गुमाएको जनकपुरलाई उनले जितसम्म लगे । उनले ५३ बलमा ३ छक्का र ९ चौका प्रहार गरेका छन् ।

    जनकपुरका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका लाहिरुले ३९ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

    उनलाई अर्का विदेशी खेलाडी हर्ष ठाकेरले २९ रन बनाएर साथ दिए । यी दुई खेलाडीबीच रनको साझेदारी भएको थियो । त्यसअघि कप्तान अनिल साह ५ रन र मार्की खेलाडी आसिफ शेख शून्यमा आउट भएका थिए ।

    विराटनगरका लागि कप्तान सन्दीप लामिछानेको प्रभाव देखिएन । उनको बलमा पनि धार देखिएन । उनले चार ओभरमा कुनै सफलता हात नपारी ३० रन दिए । विराटनगरका लागि प्रतिश जीसी र क्रिस सोलेले एक एक विकेट लिएका थिए ।

    त्यसअघि मार्टिन गुप्टिलले ५५ रन बनाएपछि विराटनगरले सम्मानजनक स्कोर बनाएको थियो । १९ ओभरमै अलआउट भएको विराटनगरका लागि अकिब इलियासले १५ रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अंकमासमेत रन बनाउन सकेनन् । विराटनगरलाई सस्तैमा अलआउट गर्न जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिएका थिए भने किशोर महतो र हर्ष ठाकेरले दुई दुई विकेट लिएका थिए । यस्तै बिन माइक र मोहम्मद मोहसिनले एक एक विकेट लिएका थिए ।

    विराटनगरका लागि क्रिस र प्रतिसले समान १ विकेट लिए ।

    त्ससअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा १ सय २७ रनमा समेटिएको थियो ।

    विराटनगरका ओपनर मार्टिन गप्टिलले एनपिएलको इतिहासमा नै पहिलो अर्धशतक ३६ बलमा पूरा गरेका थिए ।

    गप्टिलले ४३ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाएका थिए । गप्टिल जनकपुरका अन्तर्राष्ट्रिय खेलाडी ठाकरको बलमा अनिल शाहबाट समातिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend