काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स्बीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगितामा सुदूरपश्चिको यो पहिलो खेल हो । यता, विराटनगरको भने यो दोस्रो खेल हो । विराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।
यी दुई टिमबीचको खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ । खेलमा विराटनगर सन्दीप लामिछाने र सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रिने छ । यी दुवै खेलाडी राष्ट्रिय क्रिकेट टिमकासमेत नियमित सदस्य हुुन् ।
यस्तै, आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो ।
पोखराको भने प्रतियोगिताको पहिलो खेल हो । त्रिवि क्रिकेट मैदानमै हुने यो खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । खेलमा चितवन कुशल मल्ल र पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिनेछ । यी दुई कप्तान पनि राष्ट्रिय टिमका नियमित सदस्य हुन् ।
