Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images

एनपीएलले नेपाली खेलाडीको क्षमता अभिवृद्धि भयो

एनपीएलले नेपाली खेलाडीको क्षमता अभिवृद्धि भयो

शनिवार, पौष ६ २०८१
शनिवार, पौष ६ २०८१
  • काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्खरै सम्पन्न भएको एनपीएलको प्रशंसा गरेका छन् । आज भएको फाइनल खेलपछि विजेता टोलीलाई बधाइ दिँदै उनले फेसबुकमा लेखेका छन् । पहिलो संस्करणका उपाधी जित्न सफल भएको जनकपुर बोल्ट्सलाई बधाइ दिँदै उनले यस्ता प्रतियोगिताले नेपाली खेलाडीको क्षमता अभिवृद्धि गर्ने पनि बताएका छन् । उपविजेता रहेको सुदुरपश्चिम रोयल्सलाई प्रचण्डले बधाइ दिएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले एनपीएललाई क्रिकेटको महापर्व पनि बताएका छन् । उनले यस्तो महापर्व भव्य र सभ्यरुपमा सम्पन्न गरेको प्रतियोगितामा सहभागी सबै टिम, आयोजक, व्यवस्थापक, खेलप्रेमीसबैलाई धन्यवाद समेत दिएका छन् । यस्ता प्रतियोगिताले नेपाली खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान गरेको पनि उनले भनेका छन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend