काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । भारतले पठाएको नयाँ मूल्य सुची अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि भएको हो । पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणाली अन्तरगत घटबढ हुने भएकाले भारतले नयाँ मूल्य बढाएर पठाएपछि नेपाल आयल निगमले नयाँ मूल्य तोकेको हो ।
निगमका अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ वृद्धि गरेको छ भने डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँ वृद्धि गरेको छ। अब पेट्रोलको नयाँ मूल्य १६५ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ।
