Logo

बुधवार, कार्तिक १९ गते २०८३

images

दिगो विकास तथा शान्ति यात्राबाट राहत सामाग्री वितरण  

दिगो विकास तथा शान्ति यात्राबाट राहत सामाग्री वितरण  

सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • भोटेकोशी बाढीपीडितका लागि विभिन्न दिगो विकास तथा शान्ति यात्रा (Journey for Sustainable Development and Peace ) ले मिति २०८३/०५/२२का दिन भोटेकोशी बाढी  प्रभावित परिवारलाई ५०/५० थान राहत प्याकेज त्रिशुलीको देशीघाटमा वितरण गरेको छ । उक्त राहत प्याकेजमा प्राथमिक उपचार सामग्री, सेनेटरी प्याड, खाद्यान्न, ड्राईफुट, कपडा, तथा शैक्षिक सामग्रीहरु समावेश थिए। उक्त राहत सामाग्रीहरु स्वेच्छाले बिभिन्न व्यक्ति तथा संस्थाहरुबाट प्राप्त भएको थियो । .
    उक्त राहत वितरण संस्थाका सल्लाहाकार लेखक तथा समाजसेवी डा. दीपक चौधरी, अध्यक्ष पोषणविद् डा. कविता महर्जन, उद्यमशील आशिष क्षेष्ठ र सुव्रत बुढाथोकीको सहभागितामा भएको थियो । साथै केही कपडा, सेनेटेरी प्याड र खानेपानी राहात सामाग्री श्री चन्द्र ज्योति मावि र आयुरवेद नेपाल होल्डिगं सेन्टरलाई प्रदान गरिएको थियो । 
    दिगो विकास तथा शान्ति यात्रा अनुसन्धान तथा समाजसेवा कार्यमा संलग्न रहदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend