काठमाडौं। प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्रा भायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै दशैंको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ।नेपालका लागि अल्ट्रा भायोलेटको आधिकारिक वितरक वैद्यज अर्गनाइजेशनले दशैंको अवसरमा अल्ट्रा भायोलेटको मोटरसाइकल खरिद गर्ने प्रत्येक ग्राहकलाई निःशुल्क हेल्मेट र डायमन्ड कोटिङ उपलब्ध गराउने भएकोछ। साथै, ग्राहकका लागि इजी फाइनान्सिङ सुविधा समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार दशैं विशेष योजना अन्तर्गत अल्ट्रा भायोलेटको हरेक मोटरसाइकल खरिदमा ग्राहकले निःशुल्क हेल्मेट तथा डायमन्ड कोटिङ प्राप्त गर्नेछन्।
हालै नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा अल्ट्रा भायोलेटले आफ्नो नयाँ क्रसओभर मोडलएक्स ४७ नेपाली बजारमा सार्वजनिक गरेको थियो । नेपालका लागि एक्स ४७ को मूल्य रु. ६ लाख ८४ हजार ९०० रहेकोछ।
दशैंको अवसरमा ल्याइएको यस योजना मार्फत अल्ट्रा भायोलेटले ग्राहकलाई प्रिमियम इलेक्ट्रिक मोटरसाइकल सँगै हेल्मेट, डायमन्ड कोटिङ र इजी फाइनान्सिङको सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।
दशैंको अवसरमा अल्ट्रा भायोलेट एक्स ४७ खरिद गर्न चाहने ग्राहकले आधिकारिक शोरुम तथा बिक्री केन्द्रमा सम्पर्क गरी दशैं अफर, इजी फाइनान्सिङ र एक्स ४७ सम्बन्धी थप जानकारी लिन सक्नेछन्।
