Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images

आइपीएलमा १४ वर्षीय वैभवको आक्रामक शतकसँगै राजस्थानको सहज जित

आइपीएलमा १४ वर्षीय वैभवको आक्रामक शतकसँगै राजस्थानको सहज जित

मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  • काठमाडौं । १४ वर्षीय युवा ब्याटर वैभव राजवंशीले आक्रामक शतक बनाएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थानले रोयल्सले गुजरात टाइटन्सविरुद्ध आठ विकेटको सानदार जित निकालेको छ । 

    सोमबार जयपुरमा भएको खेलमा वैभवले विस्फोटक ब्याटिङ गरेपछि गुजरातले प्रस्तुत गरेको २१० रनको लक्ष्य राजस्थानले २५ बल बाँकी छँदै पूरा गर्यो । 

    राजस्थानको जितमा वैभले ३८ बलमा १०१ रनको शतकीय इनिङ खेले । ३५ बलमा शतक पूरा गरेका उनले सात चौका र ११ छक्का प्रहार गरे । यो आईपीएलमा दोस्रो सबैभन्दा छिटो बनेको शतक हो ।

    उनले पहिलो विकेटका निम्ति अर्का ओपनर यसश्वी जैसवालसँग ६५ बलमा ११६ रनको उत्कृष्ट साझेदारी गर्दै राजस्थानलाई जित नजिक डोहोर्याएका थिए ।

    राजस्थानको जितसम्म अविजित रहेका जैसवालले ४० बलमा नौ चौका र दुई छक्कासहित ७० रन थपे । यस्तै, कप्तान रियान परागले १५ बलमा दुई चौका र दुई छक्कासहित ३२ रन जोडे । 

    गुजरातका प्रसिद्ध कृष्णा र राशिद खानले समान एक विकेट लिए ।

    त्यसअघि टस हारेर ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०९ रनको योगफल खडा गरेको थियो ।

    गुजरातका कप्तान गिलले ५० बलमा सर्वाधिक ८४ रन बनाए । उनले यसक्रममा पाँच चौका र चार छक्का प्रहार गरे । गिलले पहिलो विकेटका निम्ति साई सुदर्शनसँग १०।२ ओभरमा ९३ रनको साझेदारी गर्दै गुजरातलाई आक्रामक सुरुआत दिलाएका थिए ।

    सुदर्शनले ३० बलमा चार चौका र एक छक्कासहित ३९ रन थपे ।

    यस्तै, जस बटलरले २६ बलमा तीन चौका र चार छक्कासहित ५० रन थपे । बटलर र सुभमन गिलले दोस्रो विकेटका निम्ति ७४ रनको साझेदारी गरेका थिए ।

    वासिंटन सुन्दरले आठ बलमा एक छक्कासहित १३ रन जोडे ।

    राजस्थानका महिस थिक्षणाले दुई विकेट लिए । यस्तै, जोफ्रा आर्चर र सन्दीप सिंहले एक विकेट लिए ।

    जितसँगै १० खेल खेलेको राजस्थान ६ अंकसहित तालिकाको आठौँ स्थानमा उक्लिएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend