काठमाडौँ । बजेटको तयारीमा रहेका अर्थमन्त्री विष्णु पौडेलले भेटघाट बढाएका छन् । अर्थमन्त्री पौडेले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । प्रचण्ड निवास खुमलटारमा पुगेर अर्थमन्त्री पौडेले भेटघाट गरेका हुन् ।
अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको जनाइएको छ ।
