Logo

बिहिवार, कार्तिक २० गते २०८३

images

सम्मानमा ‘साम्बा चोक’ नामाकरण

सम्मानमा ‘साम्बा चोक’ नामाकरण

सोमवार, जेठ ६ २०८२
सोमवार, जेठ ६ २०८२
  •  
    लमजुङ । चर्चित फुटबलर सावित्रा भण्डारीको नाममा साम्बा चोक नामाकरण गरिएको छ । महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारीको सम्मानमा मस्र्याङ्दी गाउँपालिका–९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा चोक’ नामाकरण गरिएको हो । 
     
    गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले साम्बाको तस्बिर राख्दै त्यस क्षेत्रलाई साम्बा चोक नामाकरण रहने घोषणा गरे ।   सावित्रा फुटबल खेलको क्षेत्रबाट पालिका, जिल्ला मात्र नभई नेपाललाई विश्वसामु चिनाउन सफल भएकाले पालिकावासी हर्षित रहेको उनले बताए ।  स्थानीय भएकाले सम्मान स्वरुप यो नामाकरण गरिएको उनको भनाइ थियो ।  आफूहरुको यो सम्मानले सावित्रालाई अझै अगाडि बढ्न प्रेरणा मिल्ने र फुटबल क्षेत्रमा स्थापित हुन उनलाई थप उर्जा मिल्ने पालिका अध्यक्ष गुरुङले बताए । 
     
    यसैगरी, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले सावित्राजस्तो व्यक्तिका नाममा चोकको नामाकरण हुँदा उनको योगदानको कदर भएको र जिल्लावासीका लागि पनि गौरवको कुरा भएको बताए । उनले साम्बाको जीवन अगाडि बढाउन सशस्त्रले पनि केही भूमिका खेलको बताए । 
     
    यस्तै साम्बाको बुबा थमनबहादुर भण्डारीले आफ्नो छोरीको नाममा चोकको नामाकरण हुँदा धेरै खुसी लागेको बताए । फुटबल क्षेत्रमा योगदान गर्दै नेपाललाई नै चिनाउने काम गरिरहेको र यस्ता सम्मान कार्यले छोरीलाई अझै अगाडि बढाउन हौसला मिल्ने उनको भनाइ छ । 
     
     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend