Logo

बिहिवार, कार्तिक २० गते २०८३

images

१८ औं गभर्नर विश्व पौडेल, मन्त्रिपरिषदले गर्‍यो निर्णय

१८ औं गभर्नर विश्व पौडेल, मन्त्रिपरिषदले गर्‍यो निर्णय

मंगलवार, जेठ ७ २०८२
मंगलवार, जेठ ७ २०८२
  • काठमाडौँ । अबको गभर्नर डाक्टर विश्वनाथ पौडेल हुने भएका छन् । मन्त्रिपरिषदले निर्णय गरे सँगै गभर्नरको गाठो फुकेको हो । यसअघि गभर्नर सिफारिस समितिको बैठकले पौडलेको नाम पहिलो नम्बरमा राखेर सरकारलाई सिफारिस गरेको हो ।

    अर्थमन्त्री विष्णु पौडेल सैयोजक रहेको समितिले पौडलसहित तीन जनाको नाम सिफारिस गरेपछि आजै बसेको मन्त्रिपरिषद यो निर्णय गरेको हो ।

    केही अघिको मन्त्रिपरिषद बैठकले निर्णय गरेसँगै पौडलले अब नेपाल राष्ट्र बैंकको जिम्मेवारी सम्हाल्ने छन् । पौडल यसअघि राष्ट्रिय योजना आयोगका उपाध्याक्ष समेत भइसकेका व्यक्ति हुन् । उनी गत प्रतिनिधि सभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेद्धार पनि थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend