Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images

लक्ष्मी ग्रुपले ल्यायो फरथिङ ईभीः नाइमा खरिद गरे २ लाख रुपैयाँ र एक वर्षसम्मको बीमा छुट

लक्ष्मी ग्रुपले ल्यायो फरथिङ ईभीः नाइमा खरिद गरे २ लाख रुपैयाँ र एक वर्षसम्मको बीमा छुट

बुधवार, श्रावण २२ २०८२
बुधवार, श्रावण २२ २०८२
  • फरथिङ फ्राइडे ईभी लक्जरी र एक्सक्लुसिभ गरी दुई भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको मूल्य क्रमशः ५० लाख ९६ हजार र ५६ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

    नाइमाको विशेष अफरअन्तर्गत कम्पनीले दुवै भेरियन्टमा सीमित अवधिका लागि २ लाख रुपैयाँ र एक वर्षको बीमा छुट दिने भएको छ । यस छुटपछि लक्जरी भेरियन्टलाई ४८.९६ लाख र एक्सक्लुसिभ भेरियन्टलाई ५४.९६ लाख रुपैयाँमा खरिद गर्न सकिने भएको छ ।

    कम्पनीका अनुसार फरथिङ फ्राइडे ईभीमा ६४.४ किलोवाट ब्याट्री र ९९ किलोवाट मोटर रहेको छ । यसको भित्री बनावट सहजता र आरामलाई ध्यानमा राखेर तयार गरिएको छ । त्यस्तै, गाडीमा मसाज स्पोर्ट्स सिट रहेका कारण यात्रा थप आरामदायी बन्ने दाबी गरिएको छ । एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेटको सुविधा पनि उपलब्ध छ ।

    फरथिङसँग सहकार्य गर्दै लक्ष्मी इ-मोबिलिटीले नेपालमा वातावरणमैत्री सवारीसाधन भित्र्याउने आफ्नो प्रतिबद्धतालाई थप बलियो बनाएको बताएको छ । लक्ष्मी ग्रुपले हुन्डाई, बीएमडब्लू, काइयीजस्ता ब्रान्डका गाडीहरू वितरण गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend