Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images

एसपीजीले ल्यायो प्रिमियम एसयूभी जेइको जे फाइभः नाइमामा सार्वजनिक

एसपीजीले ल्यायो प्रिमियम एसयूभी जेइको जे फाइभः नाइमामा सार्वजनिक

बुधवार, श्रावण २२ २०८२
बुधवार, श्रावण २२ २०८२
  • काठमाडौं ।  एसपिजि अटोमोबाइल्स प्रा.लि. ले २०८२ साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा प्रिमियम एसयुभि ‘जेइको जे-५’ को भव्य सार्वजनिकरण गरेको छ। कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा र जेइको लाइनअपसँगै नयाँ जे-५ ले नेपाली बजारमा नयाँ प्रिमियम एसयुभिहरू ल्याएको छ।

    शहरी सडकदेखि अफ-रोड यात्रासम्म सहज बनाउन तयार पारिएको जेइको जे-५ ले उत्कृष्ट डिजाइन, प्रदर्शन र लक्जरीको समिश्रण प्रस्तुत गरेको छ। रेन्ज रोभरबाट प्रेरित डिजाइन, १८५ मिलिमिटर​को ग्राउन्ड क्लियरेन्स, १८-इन्च स्पेयर टायर, ४६१ किलोमिटर​को ड्राइभिङ रेन्ज र ४८० लिटरको बुट स्पेसजस्ता बेस्ट-इन-क्लास विशेषताहरूले यसलाई नेपाली उपभोक्ताहरूको लागि एक विशेष विकल्प बनाएको छ।

    नाइमा एक्सपो विशेष अफरअन्तर्गत, जेइको जे-५ को मूल्य एमआरपी रु. ६०.९९ लाख तोकिएको भए तापनि ग्राहकहरूले यसलाई रु. ५६.९९लाख मा बुकिङ गर्न सक्ने भएका छन् ।

    Omoda & Jaecoo

    त्यसैगरी, कम्पनीले ओमोडा र जेइकोका अन्य मोडेलहरूमा समेत विशेष मूल्यहरू उपलब्ध गराएको छ:

    • Omoda E5 NAIMA विशेष मूल्य – रु. ५४.९९ लाख (सुरुवाती मूल्य: रु. ६१.९९ लाख)
    • Jaecoo J6 NAIMA विशेष मूल्य – रु. ६५.९९ लाख (सुरुवाती मूल्य: रु. ६१.९९ लाख)

    NAIMA Mobility Expo 2025 मा Omoda वा Jaecoo को कुनै पनि मोडेल बुक गर्ने सबै ग्राहकले विशेष अफर र छुटहरूको फाइदा लिन सक्नेछन्।

    एसपिजि अटोमोबाइल्स प्रा.लि.को बारेमा:
    एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड नेपालमा ओमोडा एन्ड जेइको का लागि आधिकारिक वितरक हो, जसले नेपाली ग्राहकहरूलाई यी ब्रान्डका गाडीहरूको विक्री, सेवा तथा उत्कृष्ट आफ्टर सेल्स सर्भिस प्रदान गर्दै आएको छ।
    थप जानकारीका लागि आधिकारिक वेबसाइट  www.omodajaecoonepal.com मा मा जानुहोस्।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend