काठमाडौँ – पायोनिर मोटरले नाइमा मोबिलिटी एक्सपो २०२५ को अवसरमा प्रिमियम इलेक्ट्रिक सवारी जिकर एक्स का लागि विशेष छुट योजना सार्वजनिक गर्ने तयारी गरेको छ। नेपालका लागि जिकर ब्रान्डको आधिकारिक वितरक पायोनिर मोटरले यो योजनामार्फत नेपाली बजारमा जिकर सवारीहरूको उपस्थिति अझ सशक्त बनाउने लक्ष्य राखेको छ ।
ग्राहकहरूका लागि विशेष अफरसहित, जिकर एक्स साउन २१ देखि २५ गतेसम्म हुने नाइमा मोबिलिटी एक्सपो २०२५ मा रु. ८४.९९ लाखको सवारी रु. ६९.९९ लाखमा उपलब्ध हुने छ। साथै, एक्सपो अवधिमा जिकर एक्स बुक गर्ने ग्राहकहरूले ८ वर्ष वा १,६०,००० किलोमिटरको वारेन्टी पनि प्राप्त गर्नेछन् ।
जिकर एक्समा समावेश हुने प्रमुख विशेषताहरूमा २०० किलोवाटको मोटर पावर, लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS), १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, र ७ वटा एयरब्याग रहेका छन्, जसले यसलाई सुरक्षित र शक्तिशाली विद्युतीय सवारी बनाउछ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले जिकर एक्स सवारी अत्यन्तै आकर्षक मूल्यमा, सजिलो फाइनान्सिङ र विशेष छुटहरू सहित खरिद गर्न सक्नेछन्। यस्ता सुविधाहरूमा केहि सर्त तथा नियमहरू लागू हुनेछन्। पायोनिर मोटरले सम्पूर्ण ग्राहकहरूलाई नाइमा मोबिलिटी एक्सपो २०२५ मा उपस्थित भइ नजिकको जिकर शोरूमा भ्रमण गरी उक्त योजना अनुसारको फाइदा लिन अनुरोध गर्दछ ।
